२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वोच्च अदालतले वार्षिक लक्ष्य हासिल गर्न सकेन : मुुख्य रजिस्ट्रार निरौला


0
Shares

काठमाडौं, साउन २ । सर्वोच्च अदालतले वार्षिक कार्यक्रमको शतप्रतिशत लक्ष्य हासिरल गर्न नसकेको जनाएको छ ।
शुक्रबार सर्वोच्च अदालतमा पत्रकार सम्मेलन गरेर मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७६/०७७ मा भएका कामहरुको विवण पेश गर्दै सर्वोच्चले शतप्रतिशत लक्ष्य हासलि गर्न नसकेपनि अघिल्लो वर्षको तुलनामा बढी मुद्धा फछर्यौट भएको बताउनुभयो ।

मुख्य रजिस्ट्रार निरौलाले सर्वोच्च अदालतले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कुल लागतको २ दशमलव ४३ प्रतिशत र संख्यात्मक रुपमा १ हजार ५ सय ६६ थान मुद्धा बढी फछ्र्यौट भएको बताउनुभयो ।

सर्वोच्च अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको २० हजार ३ सय ९२ र नयाँ दर्ता भएको ११ हजार १सय ७९ गरी कुल ३० हजार ५ सय १ सय ३१ कायम भएकोमा १० हजार ७ सय ५९ थान मुद्धा फछर्यौट भएको छ ।

हाल सर्वोच्च अदालतमा २४ हजार ३ सय ७२ थान मुद्धा फछर्यौट हुन बाँकी छ ।

अदालतमा मुख्य रजिष्टार निरौलाले कोभिड १९ का कारण पूर्णरुपमा अदालत सञ्चालन नहुँदा पनि संख्यात्मक रुपमा बढी मुद्धा फछर्योट भएको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनम मुख्य रजिष्टार निरौलाले बन्दा बन्दीको अवधिमा अदालतबाट भएका मुख्य कार्यहरुको विवरण प्रस्तुत गरेको छ ।

लकडाउनको अवधिमा सर्वोच्च अदालतमा बन्दी प्रत्याक्षीकरण र कोभिड १९ सँग सम्बन्धित रिट निवेदन लगायत १ हजार ८ सय वटा मुद्धा दर्ता भएका छन् ।

सर्वोच्चले लकडाउनकै अवधीमा २ हजार ४ सय १५ थान मुद्धा फछर्यौट भएको भन्दै सर्वोच्च अदालतबाट भएको कुल मुद्धा फछर्यौटको २२.४५ प्रतिशत बन्दाबन्दीकै समयमा भएको निरौलाले जानकारी दिनुभयो ।
यस्तै उच्च अदालतले कुल लागतको ५३ दशमलव ७१ प्रतिशत मुद्धा फछ्यौट गरेको छ ।

उच्च अदालतमा गत वर्षबाट सरी आएका र नयाँ दर्ता गरि ४० हजार ३ सय ५८ मुुद्धा कायम भएकोमा २३ हजार १ सय ३० मुद्धा फछर्योट गरी १९ हजार ९ २८ वटा मुद्धा फछर्यौट हुन बाँकी रहेको छ ।

यस्तै जिल्ला अदालतले कुल लागतको ४६ दशमलव ५५ प्रतिशत मुद्धा फछर्योट गरेको छ ।

जिल्ला अदालतमा नयाँ र पुरानो गरी १ लाख ४६ हजार १ सय ५७ मुद्धा कायम भएकोमा यस वर्ष जिल्ला अदालतले ६८ हजार ४४ थान मुद्धा फछर्यौट गरेको छ ।

यस्तै सर्वोच्च अदलातले पुरान बाँकी रहेको फैसला लेखनको काममा पनि प्रगति भएको जनाएको छ ।