१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धरान लागु औषधको अखडा बन्दै


13
Shares

सुनसरी, साउन २ । सुनसरीको धरान उपमहानगरपालिकामा लागु औषधको बिक्री वितरण बढेको पाइएको छ ।

भारतसँग सिमाना जोडिएको सुनसरीमा तस्करहरुले लागु औषध भित्राएर बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

लकडाउनको अवधिमा मात्र जिल्लामा १४ जना लागुऔषध कारोवारीलाई पक्राउ गरी मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी गराउनुभएको छ ।

उहाँले लकडाउनमा समेत लागु औषधको कारोवार तीव्र भएपछि प्रहरीले कारोवारीहरुलाई पक्राउ गर्न व्यापक रुपमा प्रहरी परिचालन गरेको बताउनुभएको छ ।