१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रसंघद्वारा कोरोना महामारीका बिरुद्ध लड्न १० अर्ब ३० करोड डलरको अपिल


0
Shares

काठमाडौं, साउन २ । संयुक्त राष्ट्रसङ्घले कोरोना महामारीविरुद्ध लड्न १० अर्ब ३० करोड डलरका लागि अपिल गरेको छ ।

कोभिड–१९ का कारण विश्वभर पर्न गएको असर र महामारीका कारण न्यून आय भएका मुलकको सहयोगका लागि राष्ट्रसंघले आर्थिक सहायताका लागि आह्वान गरेको हो ।

यो अहिलेसम्मकै सबैभन्दा ठूलो आह्वान हो । उक्त रकम न्यून आय भएका र विश्वका गरिब मुलुकहरूमा प्रयोग गरिने बताइएको छ ।

कोभिड १९ का कारण यस वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसले भोकमरी सामना गर्नुपर्ने राष्ट्रसङ्घले जनाएको छ ।

कोरोना महामारीका कारण विश्वका गरिब मुलुकहरूलाई सबैभन्दा ठूलो असर परेको भन्दै उक्त रकम उठाउन नसकिए दशकौँदेखिको विकास खेर जाने राष्ट्रसंघले चेतावनी दिएको छ ।

यसअघि राष्ट्रसङ्घले गत मार्चमा दुई अर्ब डलरको अपिल गरेको थियो ।

धनी राष्ट्रहरूले आफ्नो अर्थतन्त्र जोगाउन नियमको पालना नगरेको भन्दै राष्ट्रसंघले चिन्ता समेत व्यक्त गरेको छ ।

साथै कोरोना महामारीका कारण अर्थतन्त्रमा आएको मन्दीका कारण विश्वले शृङ्खलाबद्ध सङ्कट भोग्नुपर्ने र लाखौँ मानिसहरू भोकमरीमा पर्ने चेतावनी राष्ट्रसङ्घले दिएको छ ।

विश्वमा कोरोनाका कारण एक करोड ३० लाखमा संक्रमण पुष्टि भएको छ भने छ लाख बढीको मृत्यु भएको छ । (एजेन्सी)