
सुर्खेत, साउन २ । सुर्खेतमा सलह दोस्रो पटक प्रवेश गरेको छ ।
शुक्रबार दिउँसो वीरेन्द्रनगर पुगेको सलह भेरीगंगा नगरपालिका हुँदै भारतबाट प्रवेश गरेको थियो ।
सुर्खेतको लेकवेशी, भेरीगंगा, वीरेन्द्रनगर नगरपालिकामा सलह देखिएको हो ।
ठुलो संख्यामा देखिएको सलह धपाउन स्थानीयले खेतमा आगो बाल्ने, थाल बजाउने गरेका छन् ।
सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ ।
सलहलाई धपाउन १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्