
काठमाडौं, साउन २ । जेठ महिनामा विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को ११ महिनाको तथ्यांकअनुसार जेठ महिनामा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ७ खर्ब ७४ अर्ब कायम भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा १७ दशमलव ५ प्रतिशले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा खाद्य तथा पेय पदार्थ तथा गेडागुडी तथा फलफूलको मूल्य वृद्धि भएको छ ।
यस अवधिमा उपभोक्त मुद्रास्फिति ४ दशमलव ५४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधीमा ६ दशमलव १६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६÷०७७ को एघार महिनामा कुल वस्तु निर्यात शुन्य दशमलव २ प्रतिशतले वृद्धि भई ८८ अर्ब पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।
यो वर्ष वस्तुगत आधारमा यो वर्ष पाम तेल, आयुर्वेदिक औषधि प्लाष्टिकका भाडा लगायतका वस्तुको निर्यात बढेको छ भने तार, धागो, गलौंचा, तयारी पोशाकको वस्तुको निर्यात घटेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा १७ दशमलव ५ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्