
काठमाडौं, साउन २ । सगरमाथा इन्स्योरेन्सले यो वर्ष स्वास्थ्य र कृषी क्षेत्रमा लगानी बढाउने तयारी गरेको छ ।
कम्पनीले कोभिड १९ पछि अन्य क्षेत्रमा भन्दा पनि उत्पादनशिल क्षेत्रमा लगानी बढाउने उद्देश्य रहेको भन्दै कृषी तथा स्वास्थ क्षेत्रलाइपहिलो प्राथमिकता राखेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताउनुभयो ।
कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १९ करोडको व्यापार गर्नुका साथै १ अर्ब ९ करोड सेटलमेन्ट गरेको जनाएको छ ।
कम्पनीले कोरोनाकै अवधिमा २२ हजार बिमा पोलीसी विक्रि तथा २ करोड बढि प्रिमियम संकलन गरेको पनि क्षेत्रीले जानकारी दिनुभयो ।
कोरोना बिमामा हालसम्म ३४ करोडको ६ लाख ग्राहकले सुविधा लिएका छन् ।
कम्पनीले शुक्रबार २५ औं रजत जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम समेत गरेको छ । कार्यक्रममा कम्पनीका ४० जना कर्मचारीले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्