
काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति प्रति नीजि क्षेत्र र बैंकिङ क्षेत्र उत्साहित देखिएको छ ।
नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले कोभिडका समयमा आएको मौद्रिक नीतिले बैकिङ क्षेत्र सन्तुष्ट रहेको बताउनुभयो ।
यस्तै राष्ट्र बैंकले कर्जाको प्रकृती अनुसार कर्जाको पुर्नतालिकिकरणको व्यवस्था पनि मौद्रिक नीतिमा गरेको छ ।
कर्जाको प्रकृती अनुसार आगामी पौष मसान्त तथा आगामी असार मसान्त सम्म तिर्न सक्ने व्यवस्थाले गर्दा नीजि क्षेत्र पनि उत्साहित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा शेयर धितो कर्जामा बृद्धि, कर्जाको पुर्नतालिकिकरण, सिसिडि रेसियो बृद्धि लगायतका व्यवस्थाबाट आफुहरु उत्साहित भएको बताउनुहुन्छ ।
मौद्रिक नीति सन्तोषजनक आएपनि कार्यान्वयनको पक्ष र कार्यविधिमै भरपर्ने पनि उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्