२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी


0
Shares

Africa injection child mortality corona

एजेन्सी, साउन ३ ।

अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम जारी नराख्ने हो भने लाखौं बालबालिकाको मृत्यु हुने चेतावनी दिएका हुन् ।

ब्रिटेन र स्विट्जरल्याण्डका शोधकर्ताहरुले कम्प्यूटरको मोडलमा आधारित रहेर अफ्रिकाको सबै ५४ देशको कोभिड १९ महामारीको अनुमान लगाएका हुन् ।

जसअनुसार विभिन्न ज्वरोका लागि सामान्य खोप अभियान जारी राख्दा पनि अरु केही हजारको मृत्यु थपिने भनिएको छ ।

खोप अभियानमा कुनै पनि खाले अबरोध भएमा यसले ल्याउने परिणाम भयावह हुने उनीहरुले चेताएका हुन् ।