२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्सेमा ८४ अंकको बृद्धि


0
Shares

काठमाडौं, साउन ४ । आइतबार सेयर बजारमा उछाल आयो ।

एक घण्टाजसोमै पजिटिभ सर्किटसँगै दिनभरीका लागि कारोबार स्थगित भयो ।

कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेको नेप्से ४ मिनट नहुँदै ४ प्रतिशतले नेप्से बढेसंगै पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित गरियो ।

त्यसपछि खुलेको बजार एक मिनेटम नहुँदै नेप्से ५ प्रतिशत बढेसँगै ४० मिनेटका लागि कारोबार रोकियो ।

त्यसपछि पनि कारोबार खुलेको केही मिनेटमै नेप्से वृद्धि ६ प्रतिशत पुगेसँगै दिनभरीका लागि कारोबार स्थगित गरियो ।

पछिल्ला दिन लगातारजसो सकारात्मक रहँदै आएको बजार मौद्रिक नीतिले थप हौसिएको विश्लेषण गरिएको छ ।

नेप्सेमा ८४ अंकको उछाल आएर १४ सय ७९ पुग्यो । मात्र सामुहिक लगानी कोष समूह नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।

जीवन बिमा समूहमा ५ सय ४८ अंकको उच्च वृद्धि आयो । निर्जीवन बिमा समूह पनि २ सय २ अंकले बढ्यो ।

उत्पादनमूलक समूह १ सय ४१ अंकले उकालो लाग्यो । लघुवित्त समूहमा ९२ अंक अनि वाणिज्य बैंक समूह पनि ८८ अंकले उक्लियो ।

अत्यन्त थोरै समय मात्र कारोबार हुँदा यस दिन नेपाल स्टक एक्सचेन्जमा जम्मा १ सय ११ कम्पनीको १ लाख ८० हजार कित्ता शेयर जम्मा ६ करोड २० लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।