१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापाको सीमा क्षेत्रमा भारतीयसँग सशस्त्र प्रहरीको झडप, चार राउण्ड हवाई फायर


0
Shares

काठमाडौं, साउन ४ । झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूह र सुरक्षाकर्मीबीच झडप भएको छ ।

झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

उनीहरूलाई रोक्ने सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी गएपछि तनाव भएको हो । अवैध रूपमा पस्न खोजेका उनीहरू सशस्त्र प्रहरीमाथि जाइलागेका थिए ।

झडपका क्रममा सशस्त्र प्रहरीका केही जवानको पोशाक च्यातिएको छ ।

भीड नियन्त्रणमा लिनका सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायरसमेत गरेको छ ।

लकडाउनकै अवधिमा कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले बल प्रयोग गर्नुका साथै हवाई फायर गरेको थियो ।