
काठमाडौं, साउन ४ । सरकारले विदेशबाट आउने सबै नेपालीको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार बसेको उच्चस्तरिय बैठकले हवाई र स्थल मार्ग हुंदै स्वदेश फर्कने सबै नेपालीको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।
बैठकले हवाईमार्गवाट आउनेलाई ५ दिन होल्डिङ् सेन्टरमा राखी परीक्षण गरेर मात्र घर पठाउने निर्णय समेत गरेको हो ।
मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हवाईमार्गबाट आउनेहरुलाई ५ दिन होल्डिङ् सेन्टरमा राखेर मात्र स्थानीय सरकारको जिम्मा लगाउने र स्थलमार्गबाट आउनेहरुलाई पनि परीक्षण पछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले सिंहदरवार भित्र सरसफाईको काम गर्दै आएका कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्ने जनाएको छ ।
प्रवक्ता डा.गौतमले दिनहुंसंक्रमितको संख्या कम हुदै गए पनि जोखिम भने कायमै रहेको बताउनुभयो ।
छिमेकी देशहरुमा संक्रमितको संख्या बढ्दै गएको, विदेशवाट आउनेको संख्या बढेको र जनघनत्व बढी रहेको स्थानमा मानिसको चलायमान समेत बढेकाले अझै कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्