
हेटौंडा, साउन ४ । बाग्मती प्रदेशसभाले प्रदेश प्रहरी सेवासम्वन्धी विधेयक पारित गरेको छ ।
आइतबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा विधयेक सर्वसम्मतले पारित भएको हो ।
बैठकमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विधेयेक पेश गर्नुभएको थियो ।
विधेयक पारित भएसंगै बागमती प्रदेश सरकारलाई प्रदेश प्रहरी स्थापनाको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्