२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण


0
Shares

कैलाली, साउन ४ । सुदूरपश्चिममा आइतबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा कैलालीका २४ र डडेल्धुराका दुई छन् ।

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।

हालसम्म कैलालीमा ९ सय ७८, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा ५ सय ८६, कञ्चनपुरमा ४ सय ६३, डडेल्धुरामा २ सय ९७, बैतडीमा २ सय ७६, बझाङमा १ सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित मध्ये १ हजार ६ सय ७० बढि डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भएको छ ।