
काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक सत्ता संघर्षको ताण्डवमा हिजोआज राष्ट्रपति विद्या भण्डारीको प्रत्यक्ष संलग्नता देखिन थालेको छ ।
प्रधानमन्त्री केपी ओलीका विपक्षमा पार्टीका शीर्ष नेताहरु एकजुट हुँदा उहाँको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद चरम संकटमा छ ।
ओलीको कार्यशैली, अभिव्यक्ति र रवैयाले सरकार र पार्टी दुबै जनमानसमा अलोकप्रिय हुन थालेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु उहाँका विरुद्धमा हुनुहुन्छ ।
पार्टीभित्र सबैले लखेट्न थालेपछि उहाँको ठूलो भरविश्वास अहिले शितलनिवासतर्फ देखिन्छ । हरेक संकट आउने वित्तिकै प्रधानमन्त्री ओली खुर्र दौडेर राष्ट्रपति भण्डारीसमक्ष पुग्नुहुन्छ ।
आफूमात्र पुग्नुहुन्न, अवस्था र परिस्थिति अनुसार अरु नेतालाई पनि लिएर उहाँ पार्टीको विवाद मिलाउन भण्डारीसमक्ष पुग्नुहुन्छ । स्वयं राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई संकट आइलाग्दा पार्टीका अरु नेतालाई बोलाएर सम्झाउनु पनि हुन्छ ।
यसैक्रममा साउन ३ गते शनिबार त्यस्तै घटना भयो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सचिवालय बैठक सकिने बित्तिकै प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एकाएक एकसाथ शितलनिवास जानुभयो ।
यसमा ओली र पौडेल मात्र होइन राष्ट्रपति विद्या भण्डारी स्वयंले पनि प्रष्टीकरण दिनु आवश्यक छ । बिना काम पटक पटक एउटा पार्टीका अध्यक्ष र नेताहरुलाई राष्ट्रको साझा सम्पत्ति र थलोमा बोलाएर उहाँ कसका लागि दबाब सृजना गरिरहनु भएको छ ?
के शितलनिवास नेकपा पार्टीको विवाद सुल्झाउने मध्यस्थ कार्यालय हो ? भण्डारी देश र जनताको राष्ट्रपति कि नेकपा र त्यहाँभित्र पनि एउटा गूटको प्रतिरक्षक मात्र हो ? जनतालाई जवाफ नदिई अब पन्छन पाइन्न ।
पार्टीभित्रको विवादमा आमनेसामने भइरहेका ओली र दाहाल एकसाथ राष्ट्रपति विद्या भण्डारीलाई भेट्न गएपछि अर्कातिर माधव नेपाल–झलनाथ खनाललगायत नेतामा भने छटपटी बढ्यो । कतै दाहालले पहिलाझै ओलीसँग चोचोमोचो मिलाएर फेरि आफूहरुलाई बीच बाटोमै छाड्ने त होइनन् ? भन्ने ।
अझ सचिवालय बैठकमा ओलीले पार्टीको विवाद मिलाउने सूत्रका नाममा अर्ली महाधिवेशनको कार्ड फ्याल्नु, दाहाल मौन बस्नु र साँझ ओलीसँगै शितलनिवास जानु, त्यसमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्मा पनि थपिनु, संयोग मात्र होइन भन्ने नेपाल पक्षलाई पर्यो ।
नेपाल–खनाल पक्षले दाहालमाथि शंका मात्र गरेनन्, ओलीसँग चोचोमोचो मिलाउँदैमा विवाद समाधान हुन्छ भन्ने ठानेको हो भने त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी पनि दिए ।
दाहालको यस शैलीप्रति आशंकित नेपाल–खनालका अतिरिक्त स्थायी कमिटीका अरु नेताले आइतबार खुमलटारमा र्याखर्याख्ती पार्दा दाहालले ‘आफूलाई प्रधानमन्त्री ओली र महासचिव पौडेलले परिबन्दमा पारेर शीतल निवासमा पुर्याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको महशूस भएको’ प्रष्टीकरण दिनुभयो ।
उहाँले प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले आफूलाई परिबन्दमा पारेर शीतलनिवासमा पुर्याएको मात्र भन्नुभएन, फसाउनै खोजेको दाबीसमेत गर्नुभयो । जुन निकै गम्भीर विषय हो । त्यसमा पनि यस प्रकरणमा जुन जुन संस्था जोडिएका छन्, त्यसमा आमजनताको चासो हुनु स्वाभाविक हो ।
यसले प्रश्न उब्जन्छ, के त्यसो भए पार्टीका आफ्नै अध्यक्ष र दुई/दुई पटक प्रधानमन्त्री भैसकेका व्यक्ति दाहाललाई ‘अपहरण’ शैलीमा शितलनिवास पुर्याइएको थियो ? के उहाँलाई भेटका बारेमा जानकारी नै नदिई सुटुक्क लगिएको हो ?
दुई/दुई पटक देशको बागडोर सम्हाल्नुभएका, दुई दशकभन्दा बढी माओवादी पार्टीको कमाण्ड सम्हाल्नु भएका, अढाई वर्षदेखि भीमकाय नेकपा पार्टीको दोस्रो अध्यक्ष रहनुभएका व्यक्ति दाहाललाई समेत परिबन्दमा पारिएको हो त ? अनि कुन षड्यन्त्रका लागि त्यस्तो परिबन्द सृजना गरिएको थियो त ?
जब दाहाल स्वयंले आफूलाई परिबन्दमा पारेर लगिएको (अर्थात् झण्डै अपहरण शैली अपनाइएको) भनिसकेपछि प्रधानमन्त्री ओली र नेकपाका महासचिव पौडेलले यसबारेमा आमजनता र नेकपा पार्टी पंक्तिलाई वास्तविकता बताउनु पर्दैन ?
यसमा ओली र पौडेल मात्र होइन राष्ट्रपति विद्या भण्डारी स्वयंले पनि प्रष्टीकरण दिनु आवश्यक छ । बिना काम पटक पटक एउटा पार्टीका अध्यक्ष र नेताहरुलाई राष्ट्रको साझा सम्पत्ति र थलोमा बोलाएर उहाँ कसका लागि दबाब सृजना गरिरहनु भएको छ ?
के शितलनिवास नेकपा पार्टीको विवाद सुल्झाउने मध्यस्थ कार्यालय हो ? भण्डारी देश र जनताको राष्ट्रपति कि नेकपा र त्यहाँभित्र पनि एउटा गूटको प्रतिरक्षक मात्र हो ? जनतालाई जवाफ नदिई अब पन्छन पाइन्न ।
प्रतिक्रिया दिनुहोस्