
तस्विर : फाइल
बुटवल, साउन ५ । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत् बुटवल-तानसेन सडक सुचारु भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो पन्छाएपछि दिउँसो साढे ११ बजेदेखि सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन बगाउँदा लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्