
काठमाडौं, साउन ५ । सरकारले निजी विद्यालय सञ्चाचकहरुलाई अनलाइन कक्षा सुरु गर्न आग्रह छ ।
शुल्क उठाउन नपाएको भन्दै प्याब्सन र एन प्याब्सनले साउन १ गतेबाट भर्चुअल कक्षा बन्द गरेका छन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ती जारी गरी अनलाइन कक्षालाई निरन्तरता दिन आग्रह गरेको हो ।
विद्यालय सञ्चालकहरुको मागका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।
व्यवसायीको कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायतका माग मौद्रिक नीतिमार्फत् सम्बोधन भएको र अन्य विषयमा पनि छलफल भैरहेको भन्दै कक्षा जारी राख्न मन्त्रालयले आग्रह गरेको छ ।
सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्या आए शिक्षण संस्थाले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी समस्या समाधान गर्न सक्ने विषयमा मन्त्रालयबाट यसअघि नै प्रष्ट पारिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्