
परासी, साउन ५ । बाढीमा बगाएकालाई उद्धार गर्न प्रयोग हुने मोटर बोट चलाउन पश्चिम नवलपरासीका १२ जना सुरक्षाकर्मीहरुलाई प्रशिक्षण दिइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४/४ जनालाई प्रशिक्षण दिइएको हो ।
जिल्लामा बाढीको जोखिम बढी रहेका बेला गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई २ सेट मोटर बोट उपलब्ध गराएको छ ।
मन्त्रालयले मोटर बोट पठाएपनि तालिम प्राप्त जनशक्ति नभएकाले सुरक्षाकर्मीहरुलाई मोटर बोट चलाउने बारे प्रशिक्षण दिइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।
बाढीको जोखिम बढी रहेकाले तालिम प्राप्त सुरक्षाकर्मीसहित मोटर बोट तयारी अवस्थामा राखिएको प्रजिअ पाठकले बताउनुभयो ।
त्यसैगरी नारायणी नदी (गण्डक बाँधं) को सतह पनि बढ्दै गएकाले त्यस क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
नारायणी नदीसँगै स्थानीय झरही, खजुरा र धनेवा खोलाका कारण जिल्लाको दक्षिणीभेग डुबानमा पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्