
संखुवासभा, साउन ५ । संखुवासभाको बेसिन्दा गाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न गएका सुरक्षाकर्मीको टोली फर्किएको छ ।
पहिरोमा हराई रहेका ११ जनाको सात दिनसम्म लगातार खोजी गर्दा पनि नभेटिएपछि सुरक्षाकर्मीको टोली त्यसै फर्किएको प्रहरीले जनाएको छ ।
गत असार २८ गते अबिरल बर्षाको कारण सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा गएको पहिरोले ९ घर बगाएको थियो भने पहिरोमा परि ११ जना बेपत्ता भएका थिए ।
उनीहरुको खोजीमा सदरमुकाम खाँदबारीबाट थप ६० जना सुरक्षाकर्मीको टोली खटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले १३ जना प्रहरीको टोलीले वेपत्ताहरुको खोजी जारी राख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्