
बिराटनगर, साउन ५ । प्रदेश १ को संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएको छ ।
प्रमुख प्रतिपाक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति भण्डारीको विरोध गरेको हो ।
मुख्य सचेतक केदार कार्कीले सोमबारको संसद बैठकमा बोल्दै राष्ट्रपति भण्डारीलाई राजनीतिक चलखेल गर्ने भए बाटो खोलिदिन आग्रह गर्नुभयो ।
उहाँले सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय भ्रष्टाचारको अखडा बनेको आरोपसमेत लगाउदै छानबिन गर्नसमेत माग गर्नुभयो ।
संसद बैठकमा अन्य विपक्षी तथा सत्तारुढ सांसदहरुले पूर्व गोर्खा सैनिक, सिंगापुर प्रहरीका अवकाश प्राप्त ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन बन्द गर्ने सरकारी निर्णयको विरोधसमेत गरेकाछन् ।
प्रतिक्रिया दिनुहोस्