२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


धादिङको गजुरीमा पहिरो जादा एक महिलाको मृत्यु


0
Shares

धादिङ, साउन ५ । अविरल बर्षासंगै आएको पहिरोमा परी धादिङमा एकजनाको मृत्यु भएको छ ।

पहिरोमा परि गजुरी गाउँपालिका–२ की निरुता परियारको मृत्यु भएको हो ।

त्यसैगरी पहिरोले गजुरी गाउँपालिकाको वडा नम्वर –२ मजुवाडाँडामामा ६ वटा घर पुरिएका छन् ।

पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोलाले तीनवटा घर बगाएको छ ।

अविरल बर्षासंगै आएको बाढीले स्थानीय अमृतबहादुर गुरुङकोसहित तीनजनाको घर बगाएको हो ।

त्यसै गरी मौवाखोला पुललाईसमेत बाढीले क्षति पु¥याएको छ ।

पुलको धादिङ तर्फको छेउको भुभाग खहरे खोलाले बगाए पछि सडक र पुलको वीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको बाँदरेभीरमा सडक माथीबाट आएको पहिरोले ३ वटा गाडी बगाएको छ भने चारवटा गाडी पहिरोले पुरेको छ ।

बेनिघाट रोराङ गाउँपालिकामा पहिरोले १ घर भत्किंदा ५ बर्षिय बालिका गम्भीर घाइेते भएकी छिन् ।

उनको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै गजुरी गाउँपालिकाकै बेल्खुमा पहिरो जाँदा ३३ के भि लाईनको पोल बगाएकोले जहरे सवस्टेशन बाट वितरण भएको विद्युत सेवा पनि अवरुद्ध भएको छ ।