
तस्विर : फाइल
सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ ।
बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित भएको छ ।
जिल्लाको कमला, मरिण, चदाहा र तावा नदीमा आएको बाढीले खेतीयोग्य जमिनसमेत कटान गरेको छ ।
वीपी, मध्यपहाडी र मदन भण्डारी राजमार्गका विभिन्न स्थानहरुमा पहिरो जादा सडक अवरुद्ध भएका छन् ।
सडक अबरुद्ध हुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् ।
लगातारको बर्षाकै कारण सिन्धुलीमाढी–चकमके, सिन्धुलीमाडी जलकन्या, मझुवा लगायतका प्रमुख ग्रामिण सडकहरु पनि अबरुद्ध भएका छन् ।
सुनकोसी, कमला, मरिण, चँदाहा, तावा लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्