१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिको व्यवहारले राजतन्त्र ठीक भन्ने बढेः कांग्रेस महामन्त्री कोइराला


0
Shares

nepali congress president NCP bidhya bhandari king

काठमाडौं, साउन ६ । राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताउनुभएको छ ।

महामन्त्री डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको पनि बताउनुभयो ।

३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा उहाँले कमसेकम राजा त तटस्थ हुन्थे भन्ने जमात बढेको टिप्पणी गर्नुभयो ।

सत्तारुढ नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी प्रत्यक्ष संलग्न भएपछि कोइरालाले यस्तो बताउनुभएको हो । पार्टीबाट आफूलाई अफ्ठ्यारो पर्नासाथ प्रधानमन्त्री केपी ओली राष्ट्रपतिसमक्ष पुग्ने र भण्डारीले पनि हस्तक्षेपकारी भूमिका खेल्न थालेको नेकपाकै नेताहरु बताउँछन् ।

पछिल्लो पटक नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल राष्ट्रपति निवास जानु भएको थियो ।

अर्को प्रसंगमा महामन्त्री डा.कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने दाबी पनि गर्नुभयो ।

सभापति देउवाको आलोचना गर्दै उहाँले महाधिवेशनलाई प्रभावित पार्न नै विभागहरु गठन गर्न थालेको आरोप लगाउनुभयो ।