१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिरोले घर बगाउँदा दम्पत्ति बेपत्ता


0
Shares

नवलपरासी, साउन ६ । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका दुई जना वेपत्ता भएका छन् ।

पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो ।

बेपत्ता सार्की दम्पतीको स्थानीयहरुले खोजी गरिरहेका छन् । पानी निरन्तर परिरहेकाले खोजस्मा कठिनाई भएको छ ।

यसैबीच पहिरोका कारण सडक अवरुद्ध हुँदा बुलिङटार र बौदिकाली गाउँपालिका जाने सबै मोटर बाटो अवरुद्ध भएका छन् ।

अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।

भजेनी खोलाको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बगाएको हो ।

यता, म्याग्दीका तीनवटै ठूला नदी कालीगण्डकी, म्याग्दी र रघुगंगामा आएको बाढीले जिल्लाका विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ भने दुई दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ ।

बाढीका कारण तातोपानी बजारका ४० घर जोखिममा परेका छन् । भूरुङ तातोपानीको सीमा प्रहरी चौकी, रेडक्रसको भवन पनि कटानको उच्च जोखिममा परेका छन् ।

नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तितर्फ कटान गरेको छ ।