१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो


0
Shares

काठमाडौं, साउन ६ । चितवन स्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ ।

मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिनुभयो ।

लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने बताईएको छ ।

नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ ।

पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ ।