१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल


0
Shares

बुटवल, साउन ६ । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

खर्च भएको बजेट मध्ये पूँजीगत ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत खर्च भएको हो ।

गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

त्यसैगरी, सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ मा भएको छ ।

प्रदेश नम्बर १ मा ७५ दशमलव ७९ प्रतिशत, २ मा ४२ दशमलव ४० प्रतिशत, बाग्मती प्रदेशमा ५८ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, कर्णाली प्रदेशमा ४३ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७१ प्रतिशत, पूँजीगत खर्च भएको छ ।

त्यसैगरी, प्रदेश ५ को आन्तरिक राजस्व लक्ष्यको ७३ दशमलव ९३ प्रतिशत संकलन भएको छ ।

प्रदेश सरकारले ४ अर्ब १२ करोड बढी राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ४ करोड बराबर संकलन गर्न सफल भएको जनाइएको छ ।