१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित


0
Shares

सिन्धुपाल्चोक, साउन ७ । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ ।

बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । साना सवारी साधन एकतर्फी रुपमा मात्रै पास गराइएको छ । सडक भासिएपछि सिन्धुपाल्चोक, दोलखा र रामेछाप आवतजावत प्रभावित भएको छ ।

अहिले स्थानीय तहको सहयोगमा सडक पुनःसञ्चालन गर्ने प्रयास भइरहेको प्रनाउ काफ्लेले बताउनुभयो ।

यस्तै अविरल वर्षापछि आएको बाढीपहिराले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक चलाउन भनिए पनि सडक कार्यालयले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको छ ।

सडक कार्यालय चरीकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि बिग्रिएपछि समस्या भएको बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । रासस