१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन ७ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ ।

यस्तै, कर्णालीमा आज मात्रै १३ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।

प्रदेशमा २ सय ३१ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।