२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ मा एकैदिन तीनवटा विधेक पारित


0
Shares

विराटनगर, साउन ७ । प्रदेश १ को प्रदेश सभाले बुधबार एकैदिन तीनवटा विधेयक पारित गरेको छ ।

प्रदेश बालबालिकाको अधिकारका सम्बन्धमा, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा र प्रदेश सार्वजनिक सडकका सम्बन्धमा बनेको विधेयक पारित गरेको हो ।

प्रदेश सभाको बुधबारको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धमा विधेयक प्रस्ताव गर्नुभएको थियो ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेश ओद्योगिक व्यवसाय सम्बन्धमा विधेयक प्रस्ताव गर्नुभएको थियो ।

भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिरबाबु गुरूङले सार्वजनिक सडकका सम्बन्धमा विधेयक प्रस्ताव गर्नुभएको थियो ।