
चितवन, साउन ८ । भरतपुर महानगरपालिका नयाँ बस्तीस्थित केरूङ्गा सामूहिक तरकारी कृषि फार्मका अधिकांश तरकारीहरु खेतबारीमै कुहिन थालेको छ ।
गोलभेँडा, लौका, बन्दाकोबी, करेला, लगायतका तरकारीले बजार नपाउँदा खेतबारीमा कुहिएका हुन् ।
कृषि फार्मको ३ बिगाहामा लगाइएको गोलभेँडा र १ बिगाहामा लगाइएको बोडी सबै कुहिएर गएको छ ।
पर्ने भाउमा तरकारी विक्न छोडेपछि किसानहरुले सस्तो भाउमा तरकारी घरघरमै पुर्याउनुको साथै अन्य जिल्ला पुर्याउन थालेका छन् ।
तरकरी कृषि फामले सय जनालाई रोजगारी दिएको छ भने ९६ जना स्थानीय किसानहरु केरूङ्गा सामूहिक तरकारी कृषि फार्ममा आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्