१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज


0
Shares

काठमाडौं, साउन ८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

वीरगंजमा बुधबार मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार २ सय ४१ परेको मन्त्रालयले बताएको छ ।

अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ५८ जना रहेका छन् ।

जसमा प्रदेश १ मा १ सय २४, प्रदेश २ मा १ हजार ८ सय ९७, बागमती प्रदेशमा ४ सय २७, गण्डकी प्रदेशमा ३ सय २४, प्रदेश ५ मा ३ सय ४४, कर्णाली प्रदेशमा ३ सय ४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३८ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ५६ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

हाल २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ५८ जना आइसोलेसनमा रहेका छन् ।

रेडजोनमा ५ सय ३० जना रहेका छन् । पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 2077.04.08

Press Briefing on COVID-19 2077.04.08#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, July 23, 2020