१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा पूनः रोपाइँ


0
Shares

तनहुँ, साउन ८ । तनहुँमा अविरल वर्षाका कारण आएको बाढीले क्षति पुगेका खेतहरुमा फेरि रोपाइँ गरिएको छ ।

गत असार २९ गते आएको बाढीले जिल्लाका म्याग्दे र शुक्लागण्डकी नगरपालिकामा लगाएको धान खेती बगाएपछि पुन रोपाई गर्नु परेको हो ।

अधिकांश रोपाई गरिसकेको खेतमा हिलो पसेको थियो ।

बाढीका कारण तनहुँमा दश करोड बराबरको अन्नबाली नष्ट भएको अनुमान छ ।

बिहिबारसम्ममा जिल्लाभर ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

तनहुँमा कुल १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ ।