२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चिकित्सा शिक्षा : सरकारी चिकित्सकका लागि कोटा बढाइयो


0
Shares

काठमाडौं, साउन ८ । सरकारले चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययनका लागि सरकारी, खुल्ला र विदेशीलाई कोटा छुट्याएर चिकित्सा शिक्षा नियमावली बनाएको छ ।

नयाँ नियमावलीअनुसार सरकारी चिकित्सकका लागि कोटा बढाइएको हो ।

जसअनुसार सरकारी चिकित्सकलाई ४०, खुल्लामा ५० र विदेशीलाई १० प्रतिशत कोटाको व्यवस्था गरिएको छ ।

स्थानीय, प्रदेश वा विभिन्न प्रतिष्ठानमा अस्थायी, स्थायी वा कराममा नियुक्त भएर काम गरेका चिकित्सकलाई ४० प्रतिशत सिट छुट्टाइएको छ ।

आयोगले नियमावली मस्यौदामा सरकारीलाई २०, खुल्लामा ७० र विदेशीलाई १० प्रतिशत कोटा छुट्टाउन सिफारिस गरेको थियो ।

तर, उक्त प्रस्तावमा स्वास्थ्य मन्त्रालयले सरकारीलाई ५०, खुल्लामा ४० र विदेशीलाई १० प्रतिशत सिट दिने भन्दै मस्यौदा नियमावली संशोधन गरेको थियो ।

उक्त संशोधनपछि चिकित्सकहरुले विरोध गर्दै आएका थिए ।