२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सुनसरीमा गोली लागेका तस्करको मृत्यु


0
Shares

सुनसरी, साउन ८ । सुनसरीको हरिनगरा गाउँपालिकामा गत शुक्रवार सशस्त्र प्रहरीसंगको झडपमा पेटमा गोली लागि घाईते भएका सहवाज मियाँको मृत्यु भएको छ ।

२० बर्षिय मियाँको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

सुनसरीको घुस्कीको सीमा क्षेत्रमा भारतबाट अबैध सामान भित्राउन खोज्ने तस्कर समुह र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

तस्कर समुहले सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

मियाँको मृत्युपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा पिडित परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।