२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नव विवाहित महिलाहरु सजिएर मनाए मधुश्रावणी पर्व


0
Shares

जनकपुर, साउन ८ । तराईका महिलाहरुले विशेष रुपमा मनाउने मधुश्रावणी पर्व बिहीबार सम्पन्न भएको छ ।

यस पर्वमा नव विवाहिता महिलाहरु सजिएर गाउँ टोल नजिकको सार्वजनिक फूलबारीमा भेला भएर फूल टिप्ने गर्दछन् ।

महिलाहरुले टिपेको फूल सहितको डालोलाई राति घरको छत, आँगनमा राखेर प्रत्येक दिन विहान त्यही फूलले नै शिव गौरी तथा नागदेवताको पूजा गर्ने चलन रहेको छ ।

प्रत्येक वर्ष श्रावण कृष्णपक्ष पञ्चमी तिथिका दिनदेखि १४ दिनसम्म यो पर्व मनाउने गरिन्छ ।