
काठमाडौं, साउन ९ । नेपाली सेनाले आफ्ना सैनिकको कुटपिटका कारण चितवनमा एक युवकको मृत्यु भएको बारेमा छानबिन थालिएको जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट एक युवकको मृत्यु भएपछि आन्तरिक छानबिन थालिएको नेपाली सेनाले जनाएको हो ।
यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिवद्धतासैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेना, सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्यसम्पादन गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्