२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डोजरे विकासले निम्त्याएको विनाश, १३४ जनाको भयो जीवन नाश


0
Shares

development dojar landslide flood death

काठमाडौं, साउन ९ । यस वर्षको बाढी पहिरोमा परेर १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी पहरिोमा परेर मृत्यु भएको भनिए पनि अधिकांश अर्थात् १३० जनाको मृत्युको कारक पहिरो देखिएको छ ।

चार जनाले मात्र बाढीमा परेर ज्यान गुमाएका छन् । अरु सबै व्यक्ति डाँडा पाखा र पहाडमा पहिरो खस्दा जीवन गुमाउन बाध्य भएका हुन् । यी घटनामा ५० जना अझै वेपत्ता रहेका छन् ।

sindhupalchok flood death helicopter

वेपत्ता हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोकका रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यहाँ दुई वटा घटनामा गरी २४ जना अझै वेपत्ता छन् भने संखुवासभामा ११ जना, म्याग्दीमा ४ जना तनहुँ, स्याङ्जा, बझाङ, सिराहालगायतका जिल्लामा एक/एक जना बेपत्ता रहेको प्राधिकरणका मुरारी वस्तीले जानकारी दिनुभयो ।

sindhupalchowk landslide

गत जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश छिरेको मनसुनका कारण परेको पानी र त्यसपछि आएको बाढी, पहिरोमा परेर यो मानवीय क्षति भएको हो ।

यसको मूल कारण भने पहाडी जिल्लाहरुमा हिउँदभरी अन्धाधुन्ध डाँडापाखा भत्काउँदै हिड्ने डोजरे विकास मुख्य रहेको जानकारहरु बताउँछन् ।

नेपालको सबैजसा डाँडापाखामा हिउँदभर डोजर चर्छ, ठेकेदारदेखि जनप्रतिनिधिसम्मले त्यही बहानामा खल्ती भर्छ, वर्षा लागेपछि त्यही डाँडा पहिरो बनेर झर्छ ।

प्रत्येकजसो गाउँपालिकाका वडाध्यक्षका आफ्नै डोजर भएको र उक्त डोजर परिचालन गर्न पालिकाले बजेट छुट्टयाउने तथा सम्भाव्यता र आवश्यकताभन्दा निहीत स्वार्थका लागि डाँडा खोतलेकै कारण वर्षा लाग्ने बित्तिकै पहिरोको जोखिम बढ्ने गरेको बताइन्छ ।

हिउँदभरी डोजरले डाँडा कोतरेर राष्ट्रको ढुकुटी सकाउने, वर्षा लागेपछि पहाडी गाउँ बस्तीहरु पहिरोको चपेटमा पर्ने गरेका छन् । पहाडमा पहिरो, खोलानालामा बाढी अनि त्यही बाढी तराई पुगेर डुबानमा परिणत हुँदा वर्षेनी अरर्बौको धनमाल स्वाहा हुने गरेका छ ।

nepal corona flood lives damage death missing

एकातिर जलवायु परिवर्तनले पारेको प्रभाव ब्यहोरिरहेका हामीहरु अर्कातिर आफ्नै विकासे मोडलका कारण पनि दुःख बेसाइरहेका छौं । यसको दूरगामी असर विश्वको वातावरणमै पर्न थालेको छ ।

lamjung flood