
काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि पार्टी फुटाउन नेकपा एमाले नामक दल दर्ता गरेको आरोप लागेको छ ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राजधानीमा आयोजित कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको दाबी गर्नुभएको हो ।
चरम सत्ता संकटका कारण नेकपा फुटको डिलमा पुगेका बेला दाहालले अध्यक्ष ओलीमाथिनै एमाले दर्ताको आरोप लगाउँदै यसबाट पार्टी एकता संकटमा पुगेको बताउनुभयो ।
पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको उहाँको आरोप थियो ।
दाहालले ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको तर्फ संकेत गर्दै भन्नुभयो, ‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो । हामीलाई पनि सोधेका छन् । हामीले अहिले पख्नुस् भनेर मात्रै हो ।’
एकताकै निम्ति पहल भइरहेको भन्दै उहाँले अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने बताउनुभयो ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्