
वीरगञ्ज, साउन ९ । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ८५ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
मुटु रोगी तथा निमोनियाले समेत ग्रस्त भै अस्पतालको आइसियूमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि विरगञ्ज महानगरपालिकामा भोलि विहान ५ बजे देखि लागू हुने गरी निषेधाज्ञा जारी गरीएको छ ।
संक्रमण फैलन सक्ने भन्दै जिल्ला स्थित सिमामा पनि कडाई गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्