
ललितपुर, साउन ९ । सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।
पार्टीको केन्द्रिय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बिना तयारी सरकारले गरेको धेरै खर्च धान्न र कार्यकर्ता पोस्न राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप लगाउनुभएको हो ।
उहाँले लकडाउन खुलाउँदाको तयारी र प्रोटोकल समेत सार्वजनिक गर्न माग गर्नुभएको छ ।
लकडाउन खोलेसँगै आम नागरिकमा कोरोनाको संक्रमणको खतरा बढेको भन्दै नागरिकलाई सचेत रहन अपिल गर्दै काँग्रेसले सचेतना अभियान चलाउन र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्