
काठमाडौं, साउन ९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव नहुने बताउनुभएको छ ।
लकडाउनको अवस्थामा समेत कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पर्याप्त तयारी हुन नसकेको र पर्याप्त सतर्कता बिना लकडाउन खोलिएको गुनासो बढिरहेको बेला पोखरेलले यस्तो बताउनु भएको हो ।
नागरिक सचेत नभए सरकारी आदेशले मात्र संक्रमणबाट बच्न नसकिने उहाँको तर्क छ ।
संक्रमणको प्रभाव घट्दै गए भदौं १ पछि शैक्षिक संस्थाहरु खोल्ने जानकारी पनि उहाँले दिनुभयो ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक वाह्य उडान खोल्ने र विद्यालय भर्ना सुरु गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्