२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नुवाकोटमा घर भत्किदा एकजनाको मृत्यु, १० घर जोखिममा


0
Shares

नुवाकोट, साउन ९ । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका ८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको रहेका छन् ।

घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा शुक्रबार बिहान झरेको पहिरोले पाँच घर पुरेको छ ।

स्थानीयका अनुसार बेलकोटगढी नगरपालिका ५ लामाछौरमा पहिरोले पाँच घरसँगै पुरिएका छन् ।

दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् ।

पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ ।

यस्तै बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा पानी पहिरोका कारण १० घर जोखिममा परेको छ ।