३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


‘महासंघको साधारणसभा सार्नु विधान विपरित’


0
Shares

काठमाडौं, साउन ९ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्य चन्द्र ढकालले आगामी साउन २६ र २७ गते हुने भनिएको साधारणसभा सार्नु महासंघको विधि विधान विपरित भएको आरोप लगाउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार वर्तमान उपाध्यक्ष ढकाल समूहले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोध जनाएको हो ।

कोरोना संक्रमणको त्रास देखाउँदै चुनाव स्थगित गर्नु महासंघको विधि विधान विपरित भएको ढकालले बताउनुभयो ।

ढकालले यो समयमा सुरक्षा मापदण्ड अपनाएर पनि साधारणसभा गर्न सकिने भन्दै साधारण सभा नै स्थगीत गरिनु उचित नभएको बताउनुभयो ।

ढकालले हतारमै पदाधिकारी र कार्यसमिति बैठक राखेर निर्णय गर्नु उचित नभएको बताउनुभयो ।

उमेशलाल श्रेष्ठले जालझेल पुर्ण तरिकाले काम हुन नहुने भन्दै कार्यसमितिमा पनि स्पष्ट कुराकानी हुनुपर्ने बताउनुभयो ।

ढकाल पक्षबाटै जिल्ला नगर उपाध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएका गुणनिधी तिवारीले चाहेको भए यो चुनाव हुन सक्ने बताउनुभयो ।

स्वास्थ्य प्रति सबै सचेत रहेको भन्दै उहाँले यो निर्णय महासंघको विधि विधान विपरित रहेको बताउनुभयो ।

महासंघको विहिबारको पदाधिकारी बैठकले सरकारले कोभिड १९ का कारण सभा सम्मेलन खुल्ला नगरिसकेको भन्दै साउन २६ र २७ मा हुने भनिएको साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरेको थियो ।