
चितवन, साउन ९ । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएका एक सैनिकको कुटाइका कारण एकजनाको मृत्यु भएपछि न्याय माग्दै परिवार जिल्ला प्रसासन कार्यालय चितवनमा गएका छन् ।
गत साउन १ गते निकुञ्जमा घोँगी खोज्न जाँदा सेनाले कुटपिट गर्दा घाइते भएका राप्ती नगरपालिका २ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको बुधबार भरतपुर अस्पतालमा मृत्यु भएको थियोे ।
त्यसपछि घटना बाहिरिएको र पीडित परिवार शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवन पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, सोही नगरपालिकाका नगरउप्रमुख, वडाअध्यक्षसहितको टोली लगायत आज प्रशासनमा वार्ता वसेको थियो ।
वार्तामा घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारवाही गर्ने र त्यसका लागि पीडितले किटानी जाहेरी दिने सहमति भएको छ ।
अहिले तत्काललाई ५० हजार नगद उपलब्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्