
काठमाडौं, साउन ९ । पत्नी हत्या गरेर आजीवन कारावासको सजायँ पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला दिएकामा आपत्ति जनाउँदै सडकमा प्रधानन्यायाधीशविरुद्ध नै आमसर्वसाधारण ओर्लिएका छन् ।
यस्तो आपत्तिजनक निर्णय गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन संसदसँग माग गरेका छन् ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा भेला भएका आम सर्वसाधारणले न्याय बिक्री भएको भन्दै चिन्ता व्यक्त गरे ।

विभिन्न नाममा प्लेकार्ड र ब्यानरसमेत उपस्थित भएका उनीहरुले ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘अदालती अड्डा, भ्रष्टाचारी अखडा’, ‘अदालतभित्रको एनजिओकरण बन्द गर’, ‘हत्यारा होइन सपना प्रधान मल्लको टीम र चोलेन्द्र टीमलाई बर्खास्ती गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस्