
काठमाडौं, साउन १० । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निस्काशन गरेको छ ।
कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो ।
पूर्वमन्त्रीसमेत रहेका जोशीलाई गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।
समितिले पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरेको छ । ओझालाई कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।
यसैगरी पार्टी सभापति देउवाकै गृहजिल्ला डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई पनि अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निकालिएको छ ।
तीनै जनालाई सोधिएको स्पष्टीकरणको जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्