
काठमाडौं, साउन ११ । अमेरिकाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।
आइतबार उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राख्नु भएको हो ।
सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदनका विषयमा विभाजित भएका बेला राजदूत बेरीले भेट गर्नुभएको हो ।
गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने एमसीसी पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे छलफल गर्नुभएको हो ।
भेटमा राजदूत बेरीले एमसीसीको विषयमा के भइरहेका छ भन्दै चासो राख्नुभएको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।
भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राख्नुभएको सहसचिव सुनारले जानकारी दिनुभयो ।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राख्नु भएको थियो ।
अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्