६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो


13
Shares

काठमाडौं, साउन ११ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा नयाँ १ सय ३० जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको बताउनु भयो ।

अहिले सक्रिय संक्रमित ५ हजार ४ सय ४० रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमित निको भएर घर फर्केका छन् ।

अहिलेसम्म जम्मा १३ हजार १ सय २८ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेहरु ७० दशमलव ५ प्रतिशत हुन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म पाँचथर, भोजपुर, रसुवा, संखुवासभा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १७ हजार ९ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।

५ हजार ४ सय ४० जना आइसोलेसनमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.11

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.11#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, July 26, 2020