१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योगपतिविरुद्ध ठगी मुद्दा चलाउन उखु किसानको माग


13
Shares

नवलपरासी, साउन ११ । पश्चिम नवलपरासीका उखु किसानहरुले भुक्तानी दिन अटेरी गर्ने लुम्बिनी चिनी उद्योग सुनवलका उद्योगपतिमाथि ठगी मुद्दा चलाउन माग गरेका छन् ।

किसानहरुको टोलीले ३ वर्षअघि देखिको भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक श्रेया अग्रवाल र लेखा प्रमुख कुश प्रसाद सुवेदीविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् ।

उद्योगले किसानको १० करोड भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

मुद्दा दर्ता गर्न प्रहरी कार्यालय जानु अघि किसानहरुले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसँग छलफल गरेका थिए ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी पाठकले आवश्यक कानुनी परामर्शपछि मात्र मुद्दा प्रकृया अघि बढाउने जनाउँदै ठगीसम्बन्धी निवदेन आफैले राख्नुभएको थियो ।

ठगी मुद्दा दर्ता नभए हप्ता दिनपछि राजमार्ग बन्द गरेर आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।