
काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसनधान आयोगमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा अर्थमन्त्री डा. युवराज खतिवडामाथि पनि छानबिन गर्न माग गर्दै उजुरी परेको छ ।
आइतबार ’इनफ इज इनफ’ अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री, अर्थसचिवलगायतविरुद्ध अनिमियतता र भ्रष्टाचारको छानबिनको मुद्दा दायर गराएको हो ।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्र्न माग गर्दै आयोगमा परेको यो तेस्रो उजुरी हो ।
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्दा ओम्नी समूहलाई दिएको ठेक्कामा भ्रष्टाचार भएकाले उक्त कार्यमा संलग्न सबैमाथि अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।
यस अघि पनि सोही समूहले उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्