२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पोखरा विश्वविद्यालयको परीक्षा दशैँ अघि


0
Shares

काठमाडौं, साउन १२ । पोखरा विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले सूचना जारी गर्दै भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने जनाएको छ ।

लामो दुरीका गाडीहरू भदौ देखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौको सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने विश्वविद्यालयले जनाएको छ ।

सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई रोकिएका परीक्षा सञ्चालनको तयारी गरेका छन् ।